कहिलेकाहीँ सताउँछन् अतित भित्रका यादहरूले
पिउन नपाउँदै मताउँछन् अतित भित्रका यादहरूले
जब भरिन लाग्छन् मनमा लागेका घाउहरू
तब मुटुका व्यथा तताउँछन् अतित भित्रका यादहरूले
समयसँगै तिमीले दिएको चोट निको भए तापनि
मनको दाग बताउँछन् अतित भित्रका यादहरूले
मनको कोठा बन्द गरी सोचिहेर्दा कहिलेकाहीँ
विश्वासघात जताउँछन् अतित भित्रका यादहरूले
(रीत थाइल्याण्डमा स्थापना भएको साहित्यिक पत्रिका ‘कलिला कलम’की सम्पादक हुन्।)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ माघ २०८२, मंगलवार 





