साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

युवराजको गजल

Chovar Blues Mobile Size

 

युवराज भण्डारी (क्यानडा)

कहिँ घट्दो कहिँ दुई दुना चार छ
आफ्नो त कि गजल कि गितार छ

प्रशासन ! नियम पालना गर तिमी
जनतालाई पनि बोल्ने अधिकार छ

सोच्दै थिएँ यो कविताको व्यंग्य हो
दुनियाँ भन्दैछन् यो त दमदार छ

पढेको थिए युद्ध भर्खरै जितेको हो
खै सुन्दैछु देश फेरि लड्न तयार छ

मरी जाने यो हाम्रो जीवन चोलामा
तेरो मेरो भनिरहनु त के सार छ?

डुम्रीबेँसी, तनहुँ
हाल: क्यानडा

प्रतिक्रिया
Loading...