

जस्तो दुनियाँमा कोरोना भाइरस चलेको छ।
त्यस्तै कयौं को जिन्दगिमा सकस चलेको छ।
भोको मजदुर हिँडेरै नारायणी तरिसक्यो रे,
सदनमा राहत सम्बन्धमा बहस चलेको छ।
गाउँबाट आमा बितेको खबर आयो सरकार,
क्यारी घर जाऊँ न रिक्सा न त बस चलेको छ।
कैदी झैँ हप्तौँ महिनौँ भित्रै थुनिदा भन्नुहोस्,
साथी त्यता के हुँदैछ यता खुन्नस चलेको छ।।
शिक्षा सत्र सुरु हुँदासम्म अन्योलमा छ्न् सबै,
न त स्कुल नै चल्यो न त क्याम्पस चलेको छ।।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू