रस्मिला कवाङ ‘रश्मि’

रस्मिला कवाङ “रश्मि”

मन उदास हुन्छ, सारा संसार अन्धकार लाग्छ
रसहीन हुन्छ रहर, जीवन पनि धिक्कार लाग्छ

खै रीत नि कस्तो हो ? बुझ्नै गाह्रो, धमिलो रछ
बोलेका शब्दवचन यसैयसै नि विकार लाग्छ

बरु बोल्दै नबोल, हेर्दै नहेर, केही मतलब हुन्न
लुकाछुपीभन्दा त मौनता नै एकाकार लाग्छ

तिमी को, म को ? अन्जान नै सही हुन्छ, बुझ्यौ ?
शान्त मन, सफापन आफूलाई स्वीकार लाग्छ

भो के अब नौटङ्कीपन छाड, लाग बाटो छिटो
“रश्मि”लाई त आफ्नो जीवन अधिकार लाग्छ ।