

खुबै पोल्दो रहेछ यार यो प्रीतले पनि
केही सिकाएर गएको छ अतीतले पनि ।।
जहाँ घाउ लाग्छ,त्यही पहिले ठेस लाग्छ
यही मन दुखाउँछ,विरहका गीतले पनि ।।
दुःखको तुफानले सम्बन्ध उडाउने रहेछ
अचेल नचिने झैं गर्छन्,परिचितले पनि ।।
सबै आफ्नाहरु जति विपक्षमा उत्रिएपछि
हारले जस्तो खुसी,दिन्न रहेछ जीतले पनि ।।
न आँसु भाग लाग्छ,न खुसीको गुणन हुन्छ
उल्झन मात्रै थप्छ,जिन्दगीको गणितले पनि ।।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू