कुनै दिन साथ दिन छोड्नेछ, जोवनले पनि
तिम्रो बिछोड कसरी सहन्छ, यो मनले पनि ।
आँखा बन्द गर्छु, त्यो बाल्यकाल सम्झन्छु
केही हर्कत देखाउँदै थियो, बचपनले पनि ।
रिस उठे पनि केही नबोल्नु, बस मुस्कुराउनु
मनमा पीडा हुन्छ, नमिठो वचनले पनि ।
उमेरसँगै कपाल फुल्न थालेका छन् अचेल
एकदिन त संसार छोड्नेछ, बदनले पनि ।
यो दुर्जनहरूको बस्तीमा, एक्लो नछोड्नु
कसरी बाँच्न सम्भव होला, सज्जनले पनि ।
दमौली, तनहुँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
