हरेराम तिमल्सिना

सारा संसार एक्लै जित्ने दाउ खोज्दै छु
त्यसपछिको मुक्ति मिल्ने ठाउँ खोज्दै छु

विसङ्गतमा ज्युँदा ज्युँदै भुलेछु “म को हुँ ?”
आधा जीवन बित्यो आज नाउँ खोज्दै छु

कुरीति र कुसंस्कारले जेलिएको समाजमा
कति रहेछ स्वाभिमानको भाउ खोज्दै छु

आफ्नाले नै टुहुरो भनी तिरस्कार गरेपछि
आर्यघाट गई जलिसकेका बाउ खोज्दै छु

तिमीप्रति अब मनमा घृणा जागोस् भनेर
तिमीले दिएको एक एक घाउ खोज्दै छु ।

धुलिखेल, काभ्रे