कृष्ण तामाङ

पसिनामा सृजनाको फूल फुलाएँ मरुभूमिमा
बालुवाको थुप्रोमा सपना भुलाएँ मरुभूमिमा

सन्तानको सुखको लागि जीवन जोखिममा
राखेर लहलह हरियाली झुलाए मरुभूमिमा

जलेको टायर फुटेको खप्परको आशीर्वादले
मर्दै बाँच्दै शिखरमा हिम्मत चुलाएँ मरुभूमिमा

गणतन्त्र लोकतन्त्र प्रजातन्त्र ल्याएर नपुगी
फाटेको पाइतालामा ठेला उठाएँ मरुभूमिमा

न्यानो साट्न सकिनँ परिवारमा सम्वृध्दिको
भर्याङ्ग चढ्दैछु भनी मन बुझाएँ मरुभूमिमा ।

भोजपुर