आकाशमा कालो बादल मडारिँदै छ, पानी पर्ने होला
सागरमा उत्ताल छाल उर्लिँदै छ, आँधी आउने होला ।
गाँउसहरमा कानेखुसीका हल्लाहरू सलबलिँदै छन्
सायद आँधीको आह्वान गरिँदै छ, सङ्ग्राम चल्ने होला ।
समय नै छाल हो कि यसको चपेटामा हेलिएर
पत्करसरि सबै बढारिँदै छ, चक्रवात कुर्ने होला ।
हृदय-कुहरमा आगो छ कि दनदन आवाजसितै
मुस्लो धुवाँ उडेको देखिँदै छ, डढेलो लाग्ने होला ।
कस्तो गुनगुन छ गाँउघरका मुख-मुखमा सबैको
कस्तो डरलाग्दो धुन बज्दै छ, ताण्डव नाच्ने होला ।
कालोमैलो आकाशको चारैतिर गड्याङगुडुङसितै
झिलिक्क बिजुली चम्कँदै छ, झरी-तुफान पर्ने होला ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला