सम्झिएर आँसु बग्छ काली मेरो पनि
भेट्ने समय आउला यसपालि मेरो पनि ।
तड्पिएर बस्छौ रे एक्लै आँगनमा तिमी
उसै पनि त यो यौवन छ खाली मेरो पनि ।
एक हात लिएर के गर्छौ सुनसान जीवनमा
दुई हित मिले अनि बज्नेछ ताली मेरो पनि
सपनाका फूलहरू सजाएको छु यति भने
अब त तिमी नै बनिदेऊ न माली मेरो पनि ।
आऊ न सजाऔँ खेत मायाँको मिलेर हामी
हरिया नै छन् अझै मनको बाली मेरो पनि।
बैँस रहुन्जेल हो यो मुहार घमन्ड नगरे हुन्छ
बनोस् न थुप्रै जिस्किनलाई साली मेरो पनि।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला