

प्रियङ्का शर्मा (असम)
सभा समितिमा नारी सुरक्षाको फूलमाला गाँसेको देखिन्छ,
असलमा नारी पाकघरमै सुहाउँछन् भन्ने मत राखेको देखिन्छ।
आफू महान् हुन ठूला ठूला शब्द बाण हान्नेहरू नै,
नारी उत्पीडनमा परेर मान सम्मानमा दाग लागेको देखिन्छ ।
सुरक्षा र अधिकारको नाराबाजी लगाएर के भयो ?
छोरीचेलीको बाटो भटमासेले काटेको देखिन्छ ।
सन्तानमा पनि हेर्नु असमानताको भाव यहाँ हजुर !
पुत्री सन्तानको पत्तोलाग्दा भ्रुणमै मारेको देखिन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
