न त बाटामा भेटियो न त घरमा भेटियो
दुस्मनभित्रको दुस्मन, सफरमा भेटियो ।
गालामा चुमेको निशाना, गालामा रहेन!
बर्सौँपछि एक चुम्बन मफलरमा भेटियो ।
तनमन प्रेमिकासँग रहेछ, सिपाहीको!
साथमा भएको राइफल बङ्करमा भेटियो ।
भन्न त यी अक्षरहरू, सफा छन् भन्थ्यौ
तिम्रो मन खिन्न हुने शब्द थरमा भेटियो ।
जिउँदा चाहानाहरूको, एक रङ्गिन कुटुरो!
मरेपछि, मेरा बाको पिताम्बरमा भेटियो ।
बाजुरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला