देवी प्याकुरेल

नगर भो घरिघरि पिरतीका बातहरू ।
आऊ फिर्ता लैजाऊ तिम्रा आघातहरू ।

अमूल्य छ प्रेम अनि कहलिन्छ युग-युगसम्म
प्रायः जलेर खरानी हुन्छन् बैँसालु ती मातहरू ।

भुलिदेऊ ती याद अनि क्षणहरू यौवनका
घोच्दछ काढाले तर किन फाल्छौ टिपेर ती पातहरू ।

बत्तीमा पुतली जल्दछ उज्यालो जसै भएर पनि
आँसु पुछ्न काम लाग्छ लिएर जाऊ मेरा यी हातहरू ।

प्यारो लाग्दछ आज पनि तिम्रो तस्बिर मलाई
तिमी आउँदा आएजस्तै लाग्छ चाँदनी ती रातहरू ।

सुनसरी सुनसर