नो एमसीसी नो एमसीसी नो एमसीसी भन्न सक्छौ ।
यो भन्दा घातक एनजिओ होला कति गन्न सक्छौ ?
उफ्र, गर खेदो भनी भ्रष्टाचारी नेता हाम्रा
चुनावताका तिमीले नै नेताको नोट टन्न सक्छौ !
सद्भाव, सहकार्य प्रेममा छ आनन्द बेग्लै
वितृष्णा जगाउने यो विरोध गर्न धन्न सक्छौ ।
यो दल त्यो दल भन्दै देश दलदलमा भसाउनु भन्दा
सबै नेपालीले हिँड्ने मूल बाटो खन्न सक्छौ ?
ऊ यस्तो ऊ उस्तो भनी औँला उठाउनु पहिले
आफू तिमी नै मन्डेला गान्धी बुद्ध बन्न सक्छौ ?
चितवन 
हाल अस्ट्रेलिया