रस्मिला कवाङ “रश्मि”

हातहरू हेर्दा यस्तो लाग्छ, सुन्दर जून त्यहाँ छ
रङ्गहरू खुल्दा यस्तो लाग्छ, नम्बरी सुन त्यहाँ छ

कोर्नु त कला हो, रहर झन् थप्दै जान्छ बिस्तारै
अनि यस्तो लाग्छ, मनमुटुदेखिको खुन त्यहाँ छ

तिमी सोध्छौ, खै नाम लेखेको मेहदीको रङमा?
अनि सोच्छु, लेखेर अमर हुने गाथा कुन त्यहाँ छ?

शब्दले नै त हो, आफ्नोपन उब्जेको टाढैबाट है!
अनि त लाग्छ, सङ्गीतविनाको मीठो धुन त्यहाँ छ

चन्द्र हेर यी हातमा, सपनाका लहरहरू फुल्दै छन्
अनि लाग्छ ‘रश्मि’भित्रका उजेली चून त्यहाँ छ