लक्ष्मण समीर

तिमी गएदेखि हल्का पिई अतीत ओकल्ने गर्छु
तिम्रो तस्बिर हेर्छु, टोलाउँछु बेहोसिमै ढल्ने गर्छु
त्यै भएर पनि मलाई आगोसँग केही डर लाग्दैन
किनकि प्रत्येक रात तिम्रा यादहरुमा जल्ने गर्छु
जब साथीहरूले मेरै अगाडि प्रेमिका घुमाउछन
तिम्रा हस्ताक्षरित पत्रहरु एकएक खोतल्ने गर्छु
दिलको घाउ निको बनाउने ओखती नपाएपछि
आयुर्वेद पढेको छुँ नुनचुक र खुर्सानी दल्ने गर्छु
बर्दिया