दिलमान राई ‘चोट’

मलाई छाया दिने पाखा बाँचिरहून् सधैँभरि,
मलाई मायाँ गर्ने आँखा हाँसिरहून् सधैँभरि ।

लालीगुराँस बनैभरि फुल्छन् मेरो मनैभरि,
सम्झनाका ती बाल्यकाल नाचिरहून् सधैँभरि।

बालुवाको मुलुकमा मरिरहेछ यो जिन्दगी,
तिर्खा मेट्ने धाराको पानी बगिरहून् सधैँभरि।

जब दुख्छ चोट चिसो बतासले गाउँछ गीत,
नेपाली भाका मादले धुन बजिरहून् सधैँभरि।

बाचिन्जेल बेवास्ता मरेपछि बिचरा त्यो मान्छे,
मन नपरेको अनुहार खोजिरहून् सधैँभरि।