मान बहादुर भुजेल

अप्राकृतिक संझौतामा राजनितिले उचाई छुने रहेछ
लोभीपापी कार्यकर्ता र बिचौलिया भए हुने रहेछ

सँबिधानमा समाजबाद भनेर कागजी कुरा लेखेपनि
राजनीति जन अपेक्षा भन्दा कोशौं टाढस पुग्ने रहेछ

राजनैतिक तुवाँलोमा धांजा परेको बाटोमा हिंडेपछि

कसैले नहल्लाउने सरकर तासको घरझै ढल्ने रहेछ

देशको अमूल्य पदलाई भूमिका होइन जात बनाएपछि
अहमको फलामे किलाले कहाँ घोच्छ थाहा नहुने रहेछ

एकताको भावनालाई बिबेकको कालो बर्कोले छोपेपछि
जनप्रेमको आँगन बिर्सेर सिहासनमा बसेको ठान्ने रहेछ