मलाई यादमा मस्तै पिलाएको थियो राति
उनैको सम्झना ताजा दिलाएको थियो राति
भकानेरै दुखेँ धेरै कुराकानी भयो गाढा
मनै फाट्दा उसैले पो सिलाएको थियो राति
सबैलाई फकाएरै दिलै जित्ने छ रे बानी
नमिल्ने त्यो कुरा जम्मै मिलाएको थियो राति
लुकीचोरी लुकामारी भयो के के जुनेलीमा
लजाएरै कयौं तारा बिलाएको थियो राति
भनौं आफ्नो कथाकुन्थो मलाई के नशा लाग्यो
खरो पारी मुखै कस्तो चिलाएको थियो राति
(बहरे हजज मुसम्मन सालिम)
लिस्बन, पोर्चुगल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला