सुर्य नारायण वि.क.

दिनमै मिठो निद लागे रातको के अर्थ ।
समानताको समाजमा जातको के अर्थ ।।

आफ्नै गाउँमा फलेको ताजा अन्न खाएपछि ।
शहरीया चामल अनि भातको के अर्थ ।।

कति जनता जिउँदै मरे पृथ्वीको भार भएर ।
झमक जस्तै आँटीलो भए हातको के अर्थ ।।

बसन्तको हरियाली नै विरूवाको सुन्दरता ।
नाङ्गो रूखको शोभा भए पातको के अर्थ ।।

अर्थ न व्यर्थको गोविन्द गाई भने जस्तै ।
जिब्रोले नै चपाउने भए दाँतको के अर्थ ।।

रूकुम पश्चिम