जोडेको मुटु, गाँसेको सपना फुकायौ कसरी?
बेचेर अस्तित्त्व, अस्मिता तिम्रो झुकायौ यसरी..।।
कोइलीको गित, कागको जीत निर्णायक बकुल्लो
बगेको काली दक्षिणमा फाली सुकायौ जसरी..।।
स्वार्थको जुट, चलायौ गुट के हुन्थ्यो अटुट..!
बाँडेर सपना गरेर सम्झौता चुकायौ जसरी ।।

माधव भण्डारी

आफ्नै घर जलाई खरानी बेची कति दिन रमाउँछौ?
षड्यन्त्रको जालमा ती तानाबाना लुकायौ कसरी??