झूटो माया गर्नेको ठूलो हुन्छ रे कुरा
बाहिर मीठो बोल्नेको मनमा हुन्छ रे छुरा
बेइमानीले तबमात्र सत्य बोल्न थाल्छ
जब उसले पिएको हुन्छ रे सुरा
पापी पेट बचाउन जीवनमा कसैको
शत्रु बनी दिएको हुन्छ रे चुरा
केही पाउने अाशामा पुर्पुरो ठोकेर हुँदैन
भावीले नै निश्चित गरेको हुन्छ रे खुरा
हिजोआज पवित्र प्रेम खोज्दै हिड्दा
केवल हात मात्र लागेको हुन्छ रे पुरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
९ माघ २०८२, शुक्रबार 




