बाआमाले हुर्काउनुभो तेल बोकेर नुन बोकेर
चरा हुर्काउँछ बचेरा आँगनको बिस्कुन बोकेर ।
बच्चा कठिन माग राखी रोइदिन्छ आमासँग
आमा ल्याइदिनू आकाशको त्यो जून बोकेर ।
हामी र सारा मेरो देशको सिस्टम बिकाउ छ
गलत काम फत्ते हुन्छ जानुस् सगुन बोकेर ।
म पनि त्यसरी नै अनि हजुर पनि खाली हात
एक दिन सबैलाई अरूले लैजाने हुन बोकेर ।
मिहिनेती हुनुपर्छ एकदिन सफल भइन्छ भइन्छ
जसरी हिम्मतले ठूलो मकै लान्छ घुन बोकेर ।
भरतपुर चितवन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला