मदन तामाङ

तिम्रो र मेरो साइनो दूर भएपछि
छुट्टिनैपर्ने त्यस्तो मजबुर भएपछि ।
अब एक हुन्छौँ  र? शङ्का लाग्छ सानु
तिम्रो आफ्नो मेरो आफ्नो सुर भएपछि ।
के राम्रो होलान् र खै भोलिका दिनहरू
सुरुको कहानी नै झुर भएपछि ।
जोडिन्छ भन्ने विश्वास रत्ती पनि छैन
सिसाजस्तै मन चकनाचुर भएपछि ।
नजिक हुन खोजेँ गुमाउनुपर्‍यो झनै
तिम्रो बन्ने रहर आतुर भएपछि ।।