छविलाल पौडेल

काँधमा जिम्मेवारी यादमा बुवाका पुराना तस्बिरहरू छन्
ओठ खुसी अनि आँखामा हजारौँ लाखौँ पीरहरू छन् ।।

तिमीसँगको प्रेम सम्झौताको छुट्टै संविधान छ मसँग
प्रेम वकालतमा तिम्रो बेवफाईका थुप्रै नजिरहरू छन् ।।

एकचोटि गिर्दा नै यसै पीर मानेको होइन नि मैले
सफलताको बाटाभरि लङ्गडो भगवान्‌का मन्दिरहरू छन् ।।

अरे छोरी तिमी अजै पनि न्यायको पर्खाइमा छौ?
नानी यहाँको न्यायालय मै थुप्रै फकिरहरू छन् ।।

आफैँ भन कसरी जाऊँ तिम्रा लागि त्यो फूल टिप्न
आँखाअगाडि मुनामदनका मृत शरीरहरू छन् ।।

बिहादी-६, पर्वत