सङ्गम सुधा

तिमीलाई  सम्झाउँदा  जिन्दगी  हैरान  हुनेछ

केहीपछि संसारसँग  साइनो अनजान हुनेछ ।
जसलाई भरोसा गर्छौ उसैलाई भरोसा नगर्नू
तिमी लड्दा  उसकोमा बाँकी मुस्कान हुनेछ।
किन त्यो  छुट्ने हात  जबरजस्ती  थामिरहनु ?
बुझ! तिमी पाउमा रहँदा उसको सम्मान हुनेछ ।
अरे संसारलाई रोज्न देऊ समतल भुल तिमी!
पहरा जँघार रोज पारि हीराको खान हुनेछ ।
महोदय मलाई कसैसँग तुलना  नगर्नुहोस्
समय लाग्छ  तर छुट्टै मेरो पहिचान हुनेछ।