ठुलाका सामु टेक्दै माथा सबैले
लिँदैछन् निर्धोलाई बदला सबैले

ज्युँदै थेँ सास चल्दैथ्यो भित्रभित्रै
नछामी नाडी भन्छन् मुर्दा सबैले

जो आउँछ हेर्छ पौडिनै मात्र खोज्छ
के देख्छन् कुन्नि यो आँखामा सबैले

यो कस्तो पाप हो, कस्ले हो गरेको?
चुकाउनु पर्ने किस्ता-किस्ता सबैले

म तिम्रै सम्झनामा थेँ मेरी आमा
त्यो मन्दिरभित्र ढुङ्गा पुज्दा सबैले