जोगाएर हिँड नारी, खतरामा तिम्रो जिउडाल भो।
हुर्किन पनि दिएनन् यहाँ , बच्चीकै हाँसो माल भो।
दिउँसै लुटिन्छन् छोरी अचेल, रात त्यसै भयंकर
विश्वास कसको गर्नु र, पापीहरुको सन्जाल भो।
भागेर जाऊँ कहाँ खै, मानवता नै हराए’सि
बाँच्न गारो यो धर्तीमा, आफ्नै शरीर काल भो।
हत्या गर्छन् चिरफार हुन्छ, निर्मलाहरुको लास तर
नांगिएर पनि भेटिन्न न्याय, मृत्यु जब बेहाल भो।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला