कोही जमिनमा हुन्छन् कोही पानीमा हुन्छन्।।
तस्वीर मनमा हुनेहरु आँखाको नानीमा हुन्छन्।।
शून्य रात तिमी र म त्यसपछि खै कसरी भनूँ,
सपानामै सही जे नहुनु यै जवानीमा हुन्छन्।।
तिमी अनुहार अनि मनमात्र नहेर्नु अबदेखि,
मान्छेको माया मनमा धोका बानीमा हुन्छन्।।
तिमी मेरो होइन कथा लेख्नु अब उनीहरुको,
जसको छातीमा देश बन्दुक सिरानीमा हुन्छन्।।
म खरानीको थुप्रोमा मुटु खोज्दैछु थाहा छ नि?
अक्सर जलिसकेका कुराहरु खरानीमा हुन्छन्।।
बाग्मती-४, प्युटार ललितपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ मंसिर २०८२, मंगलवार 





