दोष अरूको सकार्ने ‘तकदिर’ हो मेरो,
म हैन कि हजुर। मन मात्र ‘फकिर’ हो मेरो !
हजुर नभन्नुस्- बेरोजगार छ शहरमा,
व्यस्तै छु, तला गन्ने जागिर हो मेरो !
कटेरो बुझ्यौ कि छाप्रो के बुझ्यौ तिमीले ?
तिमीले ‘पयर’ नराख्ने ‘मन्दिर’ हो मेरो !
पुग्छ कि पुग्दैन लक्ष्यमा कसले भन्छ ?
मृगतृष्णासँगको मन मुसाफिर हो मेरो !
थोत्रो गाडी न हुँ, कतिसम्म बढूँला म,
गुञ्जन भने धेरैले ‘घिरघिर’ हो मेरो !
युद्ध र प्रेम भएमा, चल्छ जरुर भन्दै,
तिमीले टेकेर हिँडेको शिर हो मेरो !
के अर्थ लगाऊँ खै गाह्रो छ मलाई,
माला ढुकेर बस्ने ‘तस्बिर’ हो मेरो !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला