लेखिएको भाग्यको रेखा मेट्न सकिन्न
आई परेको दुःखलाई छेक्न सकिन्न ।
सङ्घर्षको मैदानमा लड्दै बाँच्नुपर्छ
समस्या र बाधा अड्चन खेद्न सकिन्न ।
सहनु त सहिएला अनिकालको घाउ
पेटको भोक जागेपछि थेग्न सकिन्न ।
अति कमजोर बनाइदियो मान्छेको मन
खाएर हार आफ्नै घाँटी सेर्न सकिन्न ।
बाँचेकैथ्यौँ आजसम्म स्वाभिमानी बनी
नेपाली हौँ स्वाभिमानलाई बेच्न सकिन्न ।
अमेरिका
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला