

मन्दिरमा भगवान नहुनुको कारण हुनु पर्छ
बाबु मर्दा सन्तान नरूनुको कारण हुनु पर्छ
यति ठूलो नेता आभिनेता बस्ने यो सहरमा
यौटा पनि दोकान नहुनुको कारण हुनु पर्छ
डाक्टरले रोग हरेर ओखती थमाई पठायो
खादा रोग निदान नहुनुको कारण हुनु पर्छ
रामायणमा घाँसीको बखान बारबार गरेर
गजाधरको बयान नहुनुको कारण हुनु पर्छ
आफैले जन्माएका, बचेराहरू बाट त्यसरी
मातृत्वको सम्मान नहुनुको कारण हुनु पर्छ
जननी जन्मभूमी, स्वर्गादपी गरियसी भनेर
ठाउँमा कुरा उठान नहुनुको कारण हुनु पर्छ
यो धर्तीमा जसले ल्याएको थियो उसलाई
उसै संग चिनजान नहुनुको कारण हुनु पर्छ ।।
खोटाङ, हाल: जापान




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू