सन्तोष समीप

तिमीलाई सम्झेर लेखेको एउटा गजल छ
अनि त्यस्तै गजलहरू बेच्ने सानो पसल छ |

मझधारमा नै छोड्ला कि भनेर नगर चिन्ता
सबै कुरा विश्वास हो सुन यो सधैँ अटल छ |

यो मन यस्तो सोच्छ सबैभन्दा नजिक तिमी हौ
खुलेर नभने पनि सम्झना त पलपल छ |

मेरो विचार के के छ भनेर तिमी सोध्छौ भने
म भन्छु हरेक कुराको समाधान र हल छ |

हाम्रो प्यारका बारेमा झुटा कुरा चल्यो रे त्यता
आज यही विषयमा यता ठूलो छलफल छ |

इलाम