
एस. एन. ईलामेली
मरिन्छ कि जस्तो हुन्छ मलाई सन्चो छैन !
कालो सापले बाटो थुन्छ मलाई सन्चो छैन !!
गिज्याउँछन् मृतकका आत्माहरु आई,
चिसो हात्ले झ्वास्स छुन्छ मलाई सन्चो छैन !
कक्र्याउँछ हात खुट्टा भाग्न खोज्छु सपनामै,
भैंसी आई सिङ्ले उन्छ मलाई सन्चो छैन !
खै किन हो हिजोआज घर छेउमा राती,
एक तमास्ले कुकुर रुन्छ मलाई सन्चो छैन !
टहलिँदा यता उता कालो माकुराले,
अनुहारभरी जालो बुन्छ मलाई सन्चो छैन !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
