शोभा पोखरेल

फूल भन्यौ मलाई तिमी काँडा बन्नु पर्छ,
भमरा आई चुमिदेला यो मेरो हो भन्नु पर्छ।

छोडीदेऊ वासना कहाँ कहाँ पुग्यो भनेर
मेरो मनको गहिराई तिमीले मात्र खन्नु पर्छ।

बादलुले छोडे झै, बर्षा पछी आकाशलाई
नजानु तिमी ,शिशीर बसन्त साथै गन्नु पर्छ।

चकोरले जुन निहारे झै हराऊँ ऑखै ऑखामा
बिर्सेर सारा दुनिया मेरो मुटू मा टहल्नु पर्छ।

मेघमाला बनेर आऊ बेरीदेऊ अङ्गालोमा
बरसात बनेर तिमी र म झमझम झर्नु पर्छ।

गठ्ठाघर, भक्तपुर।