के छोड्यौ र यो दिलमा, खिल पारेर गयौ
लाखौ जुनि तिम्रै भन्थ्यौ, जिल पारेर गयौ
क्यै जोडिन नाफा घाटा मैले तिमी बाहेक
हिसाबकिताब गर्यौ माया निल पारेर गयौ
न जोगायौ फुलेको फूल न जोगायौ डाली
चुँडि चुँडि मायाको फूल, सिल पारेर गयौ
जून भने जून झार्छु, भन्यौ धर्ति तिम्रै लागि
आज आँफ्नै आँगन, चिलबिल पारेर गयौ
के राख्यौ र बाँकि अब, के पुर्यायौ बाचा ?
माया बोक्ने मुटुपनि, थिलथिल पारेर गयौ !
जुन १३, २०२१, टोरोन्टो
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला