अँधेरी रात काटी मिर्मिरे बिहान आयो
बल्ल बल्ल बस्तीमा अलिकति घाम आयो ।
चारैतिर पुगोस् रवि कुनाकाप्चा चहारेर
बल्ल पो भन्न मिल्छ सुनौलो याम आयो ।
फर्की आऊन् माटो सम्झी परदेसिएका मनहरू,
सबैलाई पुग्ने यहाँ बल्ल पो काम आयो ।
भन्न मिल्छ बलेपछि बिहानै साँझै चुल्होहरू
अँधेरा ती अनुहारमा बल्ल पो मुस्कान आयो ।
बर्दघाट, नवलपरासी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला