साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गजल

Chovar Blues Mobile Size


छिमेकी साथी ,मेरो आगन माथि, हैकम नचलाऊ
असक्त अभिभावक, सुतेको राति, हैकम नचलाऊ !!

अर्काको बाउलाई, आफ्नो भन्दैछौ, लाजै नमानी
गरेर त्यो तिम्रो, आमाको बदनामी हैकम नचलाऊ !!

नत्र आइलागेमा, जाइ लागिएला, मित्रता भुलिएला
विश्वासको खुल्ला, सिमाना नाघी, हैकम नचलाऊ !!

तलवार निकालेर, गर्धन काटेर, दोसाँधमा राखौंला
इमानसँग बारम्बार, गरेर बेइमानी, हैकम नचलाऊ !!

दृढता, एकता, आत्मसम्मान छ मातृभूमिको लागि
मार्न र मर्न सक्छौं, ए बिस्तारवादी, हैकम नचलाऊ !!

डोटी, हालः कुवेत

प्रतिक्रिया
Loading...