साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अर्जुन सेन ओली’को गजल

अर्जुन सेन ओली

कस्तो आयो परिवेश यो, गाली गरेसी, चर्चा कमाइन्छ
गल्तीको जाहेरी गर्दा, बोली बन्दको, पर्चा थमाइन्छ ।

देश दुनिया पिडाको, आहाल भित्रै, छट्पटिदै गर्दा
कसैको त कमाईको, स्रोत भेटिएझैं, अड्डा जमाइन्छ ।

आफू भलो जगत भलो, बाँकि त सबै, छु मत्लब भनि
खुशीको गेग्रान पनि, बन्धक बनाई, मस्त रमाइन्छ ।

साम दाम दण्ड भेदका, निर्मम ति, हतियार चलाएर
आफ्नो लागि दुनियाँको, खुशी बेच्ने, लाईसेन्स समाईन्छ ।।

प्रतिक्रिया
Loading...