मधु बाबू गौतम

गजल
जब मुर्तिकारले धातुलाई आगोमा तताउछ,
तब ठोस बस्तुले भगवानको आकृति पाउछ ।

तिमि सहि बाटोमा छौ भने कर्ममा विश्वास गर,
नियतै खराव हुनेलाई त समयले सबक सिकाउछ ।

डार्विनको सापेक्षताबादले पनि यो भन्छ कि,
हर वसन्तमा पात झर्छ र पो पालुवा पलाउछ ।

हजार ठक्कर पछि एउटा पत्थर समुन्द्र पुगेको हो,
जसरी कुमाले काँचो माटोमा कुनै आकार ल्याउछ ।

बुझ्न जरुरी यो छ कि अध्यारोमा ढुङ्गा हान्नेहरुले ,
हर रात पछि पुर्व क्षितिजमा लाल किरण छाउछ ।

किन तछाड मछाड गर्छौ कसैलाई उछिन्नकै लागि,
यो मनुष्य चोला पनि एक दिन सदालाई अस्ताउछ ।

चौरजहारी-१,रुकुम पश्चिम