दिवाकर भट्टराई

सुरु सुरुमा प्रेमीले पनि, धेरै कुरा सिकाएर गई।
मलाई पागल देखेपछी, ढोकाबाट चिहाएर गई।

आफ्नै धड्कन,जस्काे यादमा बारम्बार चलिरह्यो।
ऊ मुटु कमजोर होला भन्दै, शराब पिलाएर गई।

लाग्दो हो मेरो मुस्कान,पीडाहरूको विष्फोटन हो
पिडा बुझ्ने सहमतिमा, मनको भारी बिसाएर गई।

उनले मन्दिरमा दियो बालेपछि, प्रेमको जन्म भयो।
त्यो बलिरहेको दियो, आखा अगाडि निभाएर गई।

इतिहास जित्नेहरुको मात्र नभई, हार्नेको पनि हो।
हजारौं हार्नेहरुको त्यो भिडमा,मलाई जिताएर गई।

दमौली, तनहुँ