किरण बराल

गजल

मनसुन बाँकी छ प्रिय, अझै झरि बाँकी छ
रुनकै लागि त आँशु, आँखा भरि बाँकी छ

मासु खान पल्केकालाई, के पुरुष के स्त्री
चरो खसालिदियो, हाँगामा चरि बाँकी छ

बजायर नसक भो, मादलको अन्तिम धुन
यहि शोकमा बजाउन, थोरै खरि बाँकी छ

शाकाहारी हुँ मलाई सागको बिकल्प सागनै
मांसाहारीलाई बिकल्प, अनेक थरि बाँकि छ

झरेको पात सुक्थ्यो, सुके पछि जलि हाल्थ्यो
प्रिय! के तिम्रो मनमा अलिकति हरि बाँकी छ