

छोडी गयौ तिमी जब बनेको छु पागल।
पैले जस्तो छैन अब बनेको छु पागल।
मुना मदन जस्तो जोडी अलग हुनु पर्दा,
सकिए झैं लाग्यो सब बनेको छु पागल।
सारा सपना पूरा गर्ने पायौ र त होला,
मलाई घृणा गर्यौ तब बनेको छु पागल।
पागल हुने इच्छा मेरो पनि हो र कहाँ?
याद हरुले गरे भब बनेको छु पागल।
यता मेरो जिन्दगानी शिशिर जस्तै बन्यो,
तिमीले नि रोज्यौ नब बनेको छु पागल।
तुर्माखाद गा.पा.रानीबन अछाम
हाल-कुवेत




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू