

हो पत्थरले सँधै पत्थर सँगै ठोकिनु पर्छ।
जसले फूल दिन्छ उही बाट जोगिनु पर्छ।
जसलाई आँशु लुकाई हाँसो दिएको थिए,
कुनै दिन उसको पनि आँशु पोखिनु पर्छ।
जब चोखो माया गर्छु भन्यौ अनि डर लाग्यो,
यहाँ चोखो माया गर्नेहरू नै बिछोडिनु पर्छ।
धनको सामु मनको माया बिक्दैन यो शहरमा,
अब जाली प्रेमको नैटंकी बजार खोलिनु पर्छ।
कसम विश्वास भरोसा कसैको लाग्दैन मलाई,
यहाँ आफ्नै भन्नेले नै प्रहार गर्छन्, रोपिनु पर्छ।
चितवन,
हाल – कुवेत




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू