साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

गजल

Chovar Blues Mobile Size


कुनै दिन घर फर्केर आउला बाँचे भने
जिन्दगी जस्तै जिन्दगी बनाउला बाँचे भने ।

अहिले घर भित्रै बस ए! मनका मान्छेहरु
रमाउनु त छदै छ नि रमाउला बाँचे भने ।

समयले टाढा राखेर अछुत बनाएको छ
मनले के के सोचेको छ बताउला बाँचे भने ।

महोदय,यो बिपतमा यत्ति पनि सोचेनौ हैँ ?
पछि त मुख फेरी फेरी खाउला बाँचे भने

यो खतरनाक संकेत हो टाढै बसौँ हामी सबै
दुरी कायम गरौँला दोस्ती बढाउला बाँचे भने ।

धनगढी, कैलाली
हालः कुबेत।

प्रतिक्रिया
Loading...