

यो घर भित्र केहि रैछ त्यो मन भित्र केहि रैछ ।
अरुले नै थाहा पाउने जोवन भित्र केहि रैछ ।
कस्तो मौसमि भनौ या बेमौसमि हावाहुरी यो,
यादहरुले धड्की रहने धडकन भित्र केहि रैछ ।
झरि झैं आँसुहरु बगि रहन्थे र त महसुस गरें,
मुटु भित्र कोहि रैछ यि नयन भित्र कोहि रैछ ।
जवानी लागेपछी यस्तै हुन्छ भन्थे बाजेहरुले,
तब सम्झें प्रेमको यो बन्द सदन भित्र कोहि रैछ ।
म भने खोजि रहें रोजि रहें, नपाएर रोए पनि,
अझै थाहा पाईन मैले यो गगन भित्र कोहि रैछ ।
हाल – कुवेत



