देश रोयो हामीले जन्म भूमीको गुन विर्सिनाले
आँशु झर्यो इतिहासले बगाएको खुन विर्सिनाले
बाँडियो महंगा सपना अध्यारो छाप्रोहरुमा
छाएन उज्यालो मौलिक्ताको जुन विर्सिनाले
बिपतको भूमरीले पुरिएका आत्माको नाममा
खल्ति भर्ने मौका पाए राहतमा घुन विर्सिनाले
छिरे होलान धेरै पोका आज मात्र कहां होर
बने भ्रमित खबर पित्तल देखाई सुन विर्सिनाले
विहानी देख्ने आशामा बाँचेका सस्तो जीवन
अभावले थिचिए समृध्दिको बिस्कुन विर्सिनाले ।
भोजपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला