

जब डक्टरले म चाँडै नै मर्ने कुरा बतायो ।
भाइ खुशी हुँदै सदबिउ छर्ने कुरा बतायो ।
आज भमराहरु भक्कानिदै रोइरहेको सुनेँ,
सायद मालीले फूलहरु झर्ने कुरा बतायो।
आमा रुँदै अस्पताल पुगिन् वृद्धाश्रमबाट,
जब छोराको मृगौला फेर्नुपर्ने कुरा बतायो ।
शत्रु चिन्तित, आफन्त खुशी छ्न् छिमेकमा,
मैले जब सधैँलाई बसाइँ सर्ने कुरा बतायो।
हरदिन रोई हिँड्ने पागल आज हाँसेको देखें,
हुनसक्छ कसैले उस्को प्राण हर्ने कुरा बतायो ।
हेटौंडा
हाल- कुवेत।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू