कहिल्यै उठेन जिन्दगी कि खोट छ चिनामा?
तेल त अरूले लिने र’छ के गल्ती छ पिनामा?

आजकाल त शहरको कुकुर नि महलमा छ
मजदुर हुँदा किन दु:ख मिठास छ पसिनामा

साम दाम सबै चल्छन् ठाउँमा पुग्नको लागि
हामी छुँनै सक्दैनौँ, के दोष छ पश्मिनामा?

मजदुरले जति दु:खको भारी कसले बोक्ला?
कल्पना गरे पुग्छ मदन रोएको मुना बिनामा

दिन या रात सबै अँध्यारो कालो छ परदेशमा
पसिनाको यो सुख, कसरी आउँछ दक्षिनामा?

( फिक्कल गापा, सोल्पाठाना, सिन्धुली
हाल: परदेश )

कविको Shades of Manohara कविता संग्रह २०१८ जनावरीमा प्रकाशित भएको थियो ।