सम्बन्धलाई जीवित राख्न आत्मीय प्यार चाहिन्छ रे
पारिवारिक मेलको निम्ति असल संस्कार चाहिन्छ रे
देश किन अविकसित छ भनेर नसोध्नु होस्
देश विकास गर्नलाई त पूर्वाधार चाहिन्छ रे
चाहे जति कमाएर सोचे जस्तो जीवन जिउन
अन्तर्राष्ट्रिय स्तरको स्थिर व्यापार चाहिन्छ रे
प्रतिरोधी क्षमता बढाई रोग विरुद्ध लड्नलाई
गर्भै देखि पोषणयुक्त स्वस्थ आहार चाहिन्छ रे
नयाँ सिद्धान्त लागु गरी समाज परिवर्तन गर्न
दार्शनिक दृष्टिकोणको उत्तम विचार चाहिन्छ रे
चिसङ्खुगढी-३, ओखलढुङ्गा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला